दफा ३
मूल आदेशको दफा ६ मा संशोधन
३. मूल आदेशको दफा ६ मा संशोधन
मूल आदेशको दफा ६ को उपदफा (५) को सट्टा देहायको उपदफा (५) राखिएको छ ः– “(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा उपस्थित सदस्य मध्येका वरिष्ठतम् बहालवाला सरकारी अधिकारी वा प्रहरी अधिकृतले समितिको बैठकको
अध्यक्षता गर्नेछ ।